पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार विवादबारे कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिए ।
उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको पनि बताए।
‘पत्रको मस्यौदा तयार हुँदै छ, हामी आजै वार्ताका लागि आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेखेर वार्ताका लागि आह्वान गर्ने छौँ,’ आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीका संयोजकसमेत रहेका भट्टराईले भने ।
सरकारी वार्ता टोलीले मुक्कुमलुङ खारेजी संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिम र पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूलाई सम्बोधन गरेर वार्ताका लागि औपचारिक पत्र लेख्ने तयारी छ।
‘नो केवलकार’ समूहले मंगलबार नै वार्ताका लागि चारबुँदे सर्त अघि सारेको थियो । जसमा तत्काल केवलकार निर्माण स्थगित गर्नुपर्ने, मन्त्रीस्तरीय वार्ता हुनुपर्ने, केवलकार निर्माणका लागि सुरक्षामा अटिएका सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने र केवलकार निर्माण सामग्री तत्काल त्यहाँबाट हटाउनुपर्ने उल्लेख थियो ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

