Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

ग्यालेक्सी युवा क्लबको सरसफाई अभियान जारी, जीतपुर चोकमा नेपाली झण्डा राखियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १७
ग्यालेक्सी युवा क्लबको सरसफाई अभियान जारी, जीतपुर चोकमा नेपाली झण्डा राखियो

काठमाडौँ । कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको छ ।

क्लबले माघ ५ गते शनिबारदेखि शुरु गरेको सरसफाई अभियान अन्तर्गत बाणगंगा नगरपालिका क्षेत्रमा हरेक शनिबार सरसफाई गर्दै चार नम्बर, जीतपुर चोकमा रहेको टावरमा नेपाली झण्डा पनि राखेको छ ।

क्लबकी सचिव भावना बेलबासेले यो अभियान बारे विस्तारै जानकारी हुदै गरेको र सहभागिता पनि बढ्दै गएको बताएकी छन् । नयाँ क्लब भएकाले अहिले सदस्यको विस्तार गर्ने र नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको उनले बताइन् ।

समाजमा बढ्दै गएको विकृति र विसंगतिविरुद्ध लड्न तथा समाजमा रहेका दुखि गरिबको सेवा गर्दै प्राकृतिक विपदको सहयोगी हात बन्न स्थापना गरिएको क्लबले स्थानीय युवा, व्यवसायीहरुको सहभागिता हाल सरसफाई अभियान चलिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स