आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम गरिएको छ । आइतबार पनि ओमरिकी डललको खरिदबिक्रीदर सोही मूल्यमा भएको छ ।
सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसाले घटेको हो । यसअघि आइतबार एक युरो खरिदमूल्य १४५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ८६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७३ र बिक्रीदर ८७ रूपैयाँ ११ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १८ पैसा तथा बिक्री दर १९ रूपैयाँ २६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ १३ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

