ओस्कारमा अनोराले उत्कृष्ट फिल्मसहित जित्यो पाँच अवार्ड
काठमाडौँ । अमेरिकाको लस एन्जलसमा ९७औं ओस्कर अवार्डको घोषणा गरिएको छ । यस बर्षको ओस्कारमा फिल्म ‘अनोरा’ ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।
डार्क कमेडी फिल्म ‘अनोरा’ का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार समेत जितेका छन् । यस पटक ओस्कारमा फिल्म अनोराले कुल पाँच अवार्ड जितेको छ । जसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन रहेका छन् ।
त्यस्तै ‘द ब्रुटालिस्ट’ का लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म ‘अनोरा’ का लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै फिल्म ‘एमिलिया पेरेज’ का लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् ।
त्यस्तै ‘ब्राजिलियन फिल्म ‘आइ एम स्टिल हियर’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म ‘द ब्रुटालिस्ट’ ले उत्कृष्ट छायांकनका लागि ओस्कार जितेको छ ।
त्यसैगरी ‘आइ एम नट अ रोबोट’ डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने ‘एल माल’ ले एमिलिया पेरेजको लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । त्यस्तै फिल्म ‘विक्ड’ ले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ भने फिल्म ‘अनोरा’ ले उत्कृष्ट मौलिक पटकथाको ओस्कार पनि जितेको छ ।
लस एन्जलसको आगलागीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि भव्य रुपमा आयोजना गरिएको ९७औं ओस्कार समारोहमा लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो र मानिसहरूले ताली बजाएर स्वागत गर्दै उनीहरुलाई धन्यवाद दिइएको थियो ।
कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानलाई पनि सम्झिएको थियो । केही दिन अघि मात्र ह्याकम्यानको मृत्यु भएको थियो ।
यस वर्ष डेडपूल र वोल्भरिन बीचको जबरदस्त भिडन्तले फ्यानहरूलाई धेरै रोमाञ्चित गर्यो । फिल्म इनसाइड आउट २ ले बक्स अफिसको रेकर्ड तोड्यो भने, जोकरको सिक्वेलले उस्तै सफलता हासिल गर्न सकेन । यस बर्ष नेटफ्लिक्सको फिल्म ‘एमिलिया पेरेज’ ले सबैभन्दा धेरै मनोनयन पाएको थियो ।
ओस्कर अवार्ड विजेताको सूची: https://www.oscars.org/oscars/ceremonies/2025
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

