युगान्डा टूरमा जाने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बिदाई
काठमाडौं । युगाण्डा टूरमा जाने नेपाली राष्ट्रिय महिला टिमलाई नेपाल क्रिकेट संघले बिदाई गरेको छ । सो अवसरमा क्यानका सचिव पारस खड्का लगायतले टिमलाई सफलताको शुभकामना दिएका थिए ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८ देखि १६ सम्म युगाण्डामा संचालन हुने चार देशीय सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।
जसमा कप्तान इन्दु बर्मा, विन्दु रावल, रिया शर्मा, सम्झना कुमारी खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीन र ईश्वरी विष्ट छन् । यस टूरमा सिता राना मगर, युवा खेलाडी मनिषा उपाध्यायलाई बाहिर राखिएको छ ।
युगाण्डामा नेपालले युगाण्डा, हङकङ र नामिबिया सम्मिलित चार देशीय सिरिज खेल्दै छ । जस अनुसार नेपालले पहिलो खेल मार्च ८ मा नामिबियाविरुद्ध, मार्च ९ मा युगाण्डाविरुद्ध, मार्च १० मा हङकङविरुद्ध, मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

