रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा
मुकेश कुमार यादब
२०८१, फाल्गुन, २१
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाको २४ दिन पछि प्रहरीले मुख्य आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको छ। घटनाका मुख्य आरोपी मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले जानाएको छ ।
माघ २७ गते करीव ७ वजे राति शौच गर्न बाहिर निस्केकी रिंकु बिहानी ३ बजे घरमा आएको थियो। विहान रोइरहेको अवस्थामा अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।
रिंकु माघको ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पक्राउ गरेका मण्डललाई सिरहा जिल्ला अदालतमा म्याद थपने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


