सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ
काठमाडौं । सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ। प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो। यसक्रममा उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा-१० का ६६ वर्षीय रामनारायण यादव पक्राउ परेका छन्।
यादव उक्त घरमा भाडामा बस्दै आएका थिए। उनलाई २१ गते दिउँसो ४ बजे गोदाम घरअगाडिबाट पक्राउ गरिएको खतिवडाले बताए। सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी गाँजा ओसारपसार तथा भण्डारणबारे जानकारी दिएको छ।
प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेर राखेको बताए। ‘उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा जम्मा पारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यो गाँजा भारत तस्करीका लागि राखिएको भन्ने हामीले बुझेका छौं।’
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

