Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम सम्पन्न

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २४
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी  दिवससम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । फोरमले शुक्रबार कम्पनीको प्रधान कार्यालय थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि वक्ता नेपाल धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहालको सत्र राखी कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

कार्यक्रमको अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाहरूको भूमिकाको बारेमा आफ्नो अनुभव साझा गर्दै, उनीहरूको योगदान, चुनौतीहरू र अगाडिको बाटोमा प्रकाश पारेकी थिइन् । उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाईन मार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई केही तथ्याङ्कहरूमा प्रकाश पारी महिला सशक्तिकरणको लागि महिला आफैले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिई महिला सशक्तिकरणको लागि प्रोत्साहन समेत  समेत गरिन्।

सिटिजन विमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीहरु बीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो । सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका सम्पूर्ण कर्मचारीहरु मध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो । प्रस्तुती पश्चात चुनिएका पहिलो, दोश्रो र तेश्रो कर्मचारीहरुलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेका थिए ।

फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरुको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउदैं फोरमले आउने समयहरुमा यस्तै शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरुप विभिन्न कार्यहरु गर्ने भविष्यको सोच रहेको बताइन् ।

कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यूले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनांउदैं कार्यक्रम समापन भएको घोषणा गरे । यस वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको  कम्पनीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स