दीक्षित परिवारको १८ रोपनी जग्गा मालपोतद्वारा रोक्का -अाजको पत्रिका
ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् ।
रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो । मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।
पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।
अख्तियारको निर्देशनपछि ललितपुरका मालपोत र भूमिसुधार कार्यालयले मंगलबार कमलमणि, कनकमणि र कुन्दमणि दीक्षितका नाममा सातदिने म्याद जारी गरेको छ । तोकिएका जग्गा आफ्नो नाममा ठहर हुने भए सात दिनभित्र प्रमाणसहित उपस्थित हुन ती कार्यालयहरूले दीक्षित परिवारलाई म्याद तोकेका छन् । कमलमणि र कनकमणिले म्याद बुझे पनि कुन्दमणिले नबुझेकाले उनको घरमा सूचना टाासिएको ती कार्यालयहरूले जनाएका छन् ।
नयाँ पत्रिका दैनिक
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

