घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार
काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् ।
अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो ।
मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । नेइमार कहिलेसम्म ठिक हुन्छन् भन्ने स्पष्ट भएको छैन ।
नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२८ खेल खेल्दै ७९ गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् ।
नेइमारको चोटपछि ब्राजिलियन फुटबल कन्फेडेरेसनले उनको ठाउमा रियल म्याड्रिडबाट खेलिरहेका युवा खेलाडी एन्ड्रीकलाई टिममा बोलाएको छ । त्यस्तै बोर्डले म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोलाई पनि टिमबाट बाहिर राखेको छ । उनीहरूको ठाउँमा, लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई टिममा समावेश गरेको छ ।
जनवरी ट्रान्सफर विन्डोमा आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका नेइमार करिब १८ महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए ।
दक्षिण अमेरिकी विश्वकप छनोट तालिकामा पाँचौं स्थानमा रहेको ब्राजिलले मार्च २१ मा घरेल मैदानमा कोलम्बियासँग र मार्च २५ मा प्रतिद्वन्द्वी अर्जेन्टिनासँग उसको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

