हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु
काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ । अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये एकमा हवाई आक्रमण सुरु गरेको हो । अमेरिकी आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा ५३ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । आक्रमणबाट हुथीहरूको मुख्य गढ मानिने साना र सादा जस्ता क्षेत्रहरूमा पनि मानिसहरू घाइते भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमण हुथी विद्रोहीहरूले अब त्यसो गर्ने क्षमता नराखेसम्म जारी रहने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले आफ्नो आक्रमण बन्द गरेनन् र इरानलाई जिम्मेवार ठहर गरेनन् भने अमेरिकाले ‘अत्यधिक घातक शक्ति’ प्रयोग गर्ने बताएका छन् ।
हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय ढुवानीलाई बारम्बार निशाना बनाउने गरेका छन् । हालै उनीहरुले दुईवटा जहाज पनि डुबाइदिएका छन् । हुथी विद्रोहीहरूले यसलाई प्यालेस्टाइनसँगको ऐक्यबद्धताको प्रदर्शनको रूपमा आफुहरुले यी आक्रमण गरेको बताउदै आएका छन् ।
अमेरिकाले हाल शुरु गरेको हुथी विद्रोहीहरू विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण हो । अमेरिकी अधिकारीहरूले यस आक्रमणमा धेरै हुथी नेताहरूलाई निशाना बनाइएको बताएका छन् । यसैबीच, हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ दिने धम्की दिएका छन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


