कोरियावाट ८.७० अर्बको आयात हुदाँ नेपालवाट ३३.५० कराेडकाे मात्र निर्यात
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको सृजनासहित मुनाफा आर्जन गर्न आग्रह गरेका थिए ।
उनले नेपाल र गणतन्त्र कोरियाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ र सुमधुर बन्दै गएको बताए । “सन् १९७४ मा नेपाल र गणतन्त्र कोरियाबिच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध धेरै घनिष्ठ एवम् मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ । हाम्रा दुई देशबिच एवम् जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको छ,” उनले भने, “नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको छ । नेपालमा कृषि, उद्योग, पर्यटन, निर्यात प्रवद्र्धन र जलविद्युत विकासको लागि कोरियन अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”
कोरियाली कम्पनीहरू स्यामसङ इलेकट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी क्रमशः टिभी सेट र कार उत्पादन गरिरहेको स्मरण गरेका छन । उद्योग र व्यापारका क्षेत्रमा समेत नेपाल र कोरियाबिचको सम्बन्ध बढ्दै गएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले कोरिया नेपालमा वैदेशिक लगानीको एक प्रमुख स्रोत मुलुक रहेको बताए । “गत वर्षको व्यापार तथ्याङ्क हेर्दा कोरियाबाट नेपालमा करिब ८ अर्ब ७० करोडको वस्तु आयात भएको देखिन्छ भने नेपालबाट कोरियामा करिब ३३ करोड ५० लाखको मात्र निर्यात भएको छ । यसले कोरियासँग नेपालको व्यापार असन्तुलन रहेको देखाउनुका साथै आगामी समयमा दुई देशबिच थप सहकार्यको अवसर सृजना गरेको छ,” उनले भने ।
नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको अवसरमा डिसेम्बर २०२४ मा द्विपक्षीय व्यापार तथा लगानीलाई अभिवृद्धि गर्न व्यापार तथा लगानी प्रवद्र्धन फ्रेम वर्क स्थापना गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ, जुन एक ऐतिहासिक सम्झौता भएको मन्त्री भण्डारीको दावी रहेको छ ।
मन्त्री भण्डारीले वर्तमान सरकार विदेशी लगानीकर्ताहरूको लागि नीतिगत स्थिरता र सुरक्षा प्रदान गर्न समर्पित रहेको बताए । वैदेशिक व्यवसायको वृद्धिलाई समर्थन गर्ने स्थिर नीतिगत ढाँचा कायम राख्न प्रतिबद्ध रहेको उनको भनाइ छ । कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण गर्नुभयो । उहाँले जलविद्युत, उत्पादन र पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको उनले बताए ।
कोरियाली प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिलेलाई कोसी प्रदेशमा कृषि क्रान्तिबाट सुरु गरेर प्रविधिमा समेत निपुण बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिमण्डलमा १ कोरियाका विभिन्न क्षेत्रका १ दर्जन बढी व्यक्तिहरू सहभागी थिए।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


