भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी
जानकारी केन्द्र
२०८१, चैत्र, ९
भक्तपुर । भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक वृद्धको शव फेला परेको हो।
बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा खोटाङ केपिलासढी गाउँपालिका-२ का ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
राई बोडेमै बस्दै आएका थिए। उनी कवाडीको सामान टिप्ने गर्थे। न्यौपानेका अनुसार उनको दाहिने कान र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।
‘शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ,’ न्यौपानेले भने। हत्याको आशंकापछि प्रहरीले अनुसन्धान गर्ने क्रममा अहिलेसम्म कोही पक्राउ परेका भने छैनन्।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

