पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज हुदैँ
काठमाडौं । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । यो जानकारी उनका चिकित्सकहरुले दिएका हुन् ।
जेमेलीको मेडिकल डाइरेक्टर डा. सर्जियो अल्फेरीले फ्रान्सिसलाई भ्याटिकनमा निको हुन कम्तिमा २ महिना आराम गर्नुपर्ने बताए। फ्रान्सिसलाई ब्रोन्काइटिसका कारण १४ फेब्रुअरीमा जेमेली अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो, जसले उनको ज्यानलाई खतरामा पारेको थियो।
पोप फ्रान्सिसका डाक्टरहरूले १ महिनामा पोपको अवस्थाको बारेमा पहिलो व्यक्तिगत अपडेट प्रदान गरेका छन । यो संकेत हो कि उनले डबल निमोनिया विरुद्धको लडाईमा राम्रो र स्थिर प्रगति गरेका छन्।
८८ वर्षीय फ्रान्सिसलाई फेब्रुअरी २१ मा जेमेली अस्पतालमा ल्याइए पछि उनलाई पटकपटक सास फेर्न समस्या भएको थियो, जसले उनको अवस्था नाजुक बनाएको थियो, यद्यपि उनको अवस्था अहिले ठीक छ ।
अर्को समाचार अनुसार भ्याटिकनले घोषणा गर्यो कि फ्रान्सिस आइतवार बिहान अस्पतालमा उनको १० औं तल्लाको सुइटबाट तीर्थयात्रीहरूलाई आशीर्वाद दिन आइ पुग्नेछन्।
सम्बन्धित समाचार
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

