इटाली क्वार्टरफाइनलबाटै बाहिरियो
जानकारी केन्द्र
२०८१, चैत्र, १०
काठमाडौं । इटाली युरोपियन नेसन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । दोस्रो लेगमा जर्मनीसँग ३–३ को बराबरी खेलेपनि इटाली बाहिरिनु परेको हो ।
पहिलो लेगमै टोली जर्मनीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो । आइतबार भएको खेलपछि समग्रमा इटाली ५–४ ले पछि परेको थियो ।
जर्मनीको सिंगल इदुना पार्कमा ६५ हजार समर्थकमाझ घरेलु टिमले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । जर्मनीको लागि जोसुआ किमिच, जमल मुसियला र टिम क्लेइन्डेन्सटले गोल गरेका हुन् ।
दोस्रो हाफमा इटालीले तीनै गोल फर्काएको थियो । मोइस केनले दुई गोल गरे । जिआकोमो रासपाडोरीले इन्जुरी समयमा एक गोल फर्काए पनि टोली सेमिफाइनल पुग्न असफल भएको थियो ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

