सल्यानमा जीप दुर्घटना हुदाँ १७ जना घाइते
जानकारी केन्द्र
२०८१, चैत्र, १०
सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको जिप्रका सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो ।
गाडी चालक शारदा नगरपालिका–१ बस्ने वर्ष २४ का आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू भएको छ ।
सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

