सीएफमोटो २५० एनके किन्दा : ५ प्रतिशत व्याजदर तथा ५ वर्ष वारेन्टी
काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्यित गर्दै ब्रान्ड अन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ ।
चैत १० देखि लागु गरिएको सो अफर अन्तर्गत ग्राहकले अब एनके २५० को खरिदमा ५ वर्ष सम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउने छन् । त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन् । उक्त अफर अन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले निशुल्क आफ्नो बाइकको फ्रि–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्ने छन् ।
रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नेपाली बजारमा यो ब्रान्ड बिक्री–वितरण थाले पश्चात बाइक आपूर्ति मात्र नगरी आवश्यक पार्ट्स र बिक्री पछिको सेवा समेत गुणस्तरीय बनाएको बताइएको छ ।
नेपालमा बाइक भित्र्याएसँगै कम्पनीले सर्भिस क्याम्पका साथ व्यावसायिक विस्तार समेत गरिरहेको जनाएको छ । हालै कम्पनीले उपत्यका भित्र तथा बाहिर गरी लगभग ४० जना ग्यारेजका प्रतिनिधिहरुलाई कम्पनीका सीएफमोटो सर्भिस र ट्रेनिङ टिममार्फत तालिम समेत प्रदान गरेको बताइएको छ ।
केही दिन पहिले सम्पन्न रेस वार्स प्रतियोगितामा समेत सीएफमोटो २५० एनके बाइकले पहिलो स्थानको जित हासिल गरेको थियो । हाल यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

