नेपाल-मलेसियाको बिचकाे फुटबल साँझ ७ः४५ वाट सुरू हुदैँ
जानकारी केन्द्र
२०८१, चैत्र, ११
काठमाडौं । नेपाल र मलेसिया बिचको खेल आज साँझ हुदैँछ । एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजेवाट सुरू हुदैँछ ।
एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमामा रहेका छन्। फिफा वरियताअनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज पहिलो प्रतिस्पर्धा गर्दैछ ।
हालसम्म ७ पटक मलेसियाको सामाना गरेको नेपालले ६ पटक पराजय भोग्न परेको थियो । तर, सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई गोल रहित बराबरीमा रोकेको एउटा मात्रै रेकर्ड रहेको छ ।
गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा १५ स्थान माथिको सिङ्गापुरलाई भने हराएर आज मलेसियासँग मैदानमा उत्रन लागेको हो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

