सीजी मोटर्सले नेपालमा सार्वजनिक गर्यो नयाँ पिकअप ईभी ‘रिडारा आरडी सिक्स’ कति पर्छ मूल्य ?
काठमाडौं । नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शतप्रतिशत प्योर इलेक्ट्रिक फोर बाई फोर पिकअप रिडारा आरडी ६ औपचारिक रुपमा सार्वजनिक गरेको छ । फर्पिङ, दक्षिणकालीस्थित हात्तिबन रिसोर्टमा ट्र्याक एड्भेन्चर ड्राइभ कार्यक्रमका साथ सो पिकअप सार्वजनिक गरिएको बताइएको छ । सोही कार्यक्रममा १० युनिट रिडारा आरडी६ पिकअप बुकिङ समेत भएको कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले नेपालमा पहिलो फोरह्विल ड्राइभमा पिकअप ल्याएको दाबी गरेको छ। २२ वटा सर्भिस सेन्टर छन् भने सीजी मोटर्सले २५० बढी चार्जिङ स्टेसन स्थापना गरिसकेको बताइएको छ।

४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र प्रतिघण्टा ७३ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ । नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै ७ फरक–फरक ड्राइभिङ मोडहरू यस गाडीका मुख्य विशेषता हुन् । रिडारा आरडी सिक्समा बालुवा, हिलो, अफ–रोड, पानी, इकोनोमी आरामदायी र स्पोर्ट मोडहरू उपलब्ध छन्, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ । साथै, ५४० डिग्री सराउन्डेड भ्यु क्यामेरा प्रणालीसमेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ ।

नेपालमा हाल गाडीको मूल्य हाल सनरुफ बिना ७९ लाख ९९ हजार, सर रुफसहित ८१ लाख ९९ हजार र मल्टी फक्सनको ८२ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिले यसलाई अझ मूल्यवान बनाउने कम्पनीको दाबी रहेको छ।

सो कार्यक्रममा विशेष रिडारा आरडी ६ डेलिभरी र एड्भेन्चर ड्राइभ अनुभव समेत आयोजना गरिएको थियो । सहभागीहरूले गाडीको वास्तविक शक्ति र क्षमताको अनुभव विभिन्न चुनौतीपूर्ण भूभागहरूमा प्रत्यक्ष रूपमा लिएका थिए ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, चारै चक्कामा डिसब्रेक, १४ फिचर भएको एडास सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल लगायत फिचर रहेको जनाइएको छ । अफरोड क्यापेबल रेडारा फोरह्वील ड्राइभमा १८ इन्चको ह्वील तथा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको रहनुका साथै पिकअपमा स्याण्ड, मड, अफरोड, वेडिङ, इकोनमी, कम्फर्ट र स्पोट्स गरी ७ प्रकारको ड्राइभिङ मोड रहेको छ । यसको वाटर वेडिङ क्यापासिटी ८१५ एमएमको रहेको बताइएको छ ।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

