Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

सुनको मूल्य हालसम्मकै उच्च

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, १४
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं। आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ ।यो सुनको मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।

Top Changing Nepal

युट्युब सट्स