डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ । आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ४१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७७ पैसाले बढेको छ । यसअघि आइतबार एक युरोको खरिदमूल्य १४६ रूपैयाँ ९९ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ६३ पैसा तोकीएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३८ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८० पैसा र बिक्रीदर ८६ रूपैयाँ १८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ३० पैसा र बिक्रीमा ९५ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ११ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६५ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

