रिड्डारा आरडी ६ ४डब्लुडी : मनाङ पुग्ने पहिलो ईभी पिकअप
काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको इतिहासमै रिड्डारा आरडी ६ ४डब्लुडीले एनवाईईएफ मोटर र्याली अन्तर्गत मनाङ पुग्ने पहिलो ईभी पिकअपको गौरव हासिल गरेको छ। एनवाईईएफ र्यालीको आधिकारिक सवारी साझेदारका रूपमा, सीजी मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको संयुक्त पहलमा यो सफलता प्राप्त गरेको कम्पनीले जनाएको छ।
काठमाडौँ – मनाङ जाँदा बेसिसहरमा एकपटक मात्र चार्ज गरेर मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिड्डाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण हो, जसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको कम्पनीको दाबि रहेको छ।
कम्पनीका अनुसार,- ‘रिड्डारा आरडी ६ ४गुणा ४ ले ३ हजार ५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ। यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, आरडी६ ले न त पावर गुमायो, न त सन्तुलन।’

४२४ कि.मि.को रेन्ज , ५९५ एनएम टर्कले एनवाईईएफ र्यालीको उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ। विशेषगरी, ९५ प्रतिशत ग्रेबिलिटीका कारण सो मार्गका तीव्र उकालाहरू सहज पार गर्न सफल भएको कम्पनीले जनाएको छ।
साथै, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले पथरीला र उचालिएका बाटाहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गर्नुका साथै यस्ता कठिन परिस्थितिमा प्रदर्शन गर्नसक्ने क्षमताले आरडी६ लाई केवल शहरी प्रयोगका लागि होइन, अत्यन्त चुनौतीपूर्ण यात्राका लागि पनि उत्तिकै भरपर्दो बनाएको कम्पनीको दाबि रहेको छ ।
रिड्डाराको यो सफलताले केवल एउटा सवारीको सीमामा सन्देश दिएको छैन, यसले नेपालको भविष्य विद्युतीय गतिशीलतामा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको कम्पनीले बताएको छ।

सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


