Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

ट्रयाक्टरले मोटरसाईकललाई दियो ठक्कर: श्रीमतीको निधन, श्रीमान घाईते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २८
ट्रयाक्टरले मोटरसाईकललाई दियो ठक्कर: श्रीमतीको निधन, श्रीमान घाईते

रौतहट । रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका स्थित ट्याक्टरले मोटरसाईकल लाई ठक्करदिदाँ मोटरसाईकलमा सवार श्रीमतिको  मृत्यु भएको छ  भने चालक श्रीमान घाईते भएका छन्।

गएराती मौलापुरबाट गम्हरिया गाँउ तर्फ गईगरेको प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले विपरित दिसाबाट आईरहेको ना ६० प ३४३८ नम्बरको मोटरसाइकललाई मौलापुर ३ नौलाखा गेट नजिकै ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाईते मोटरसाइकलमा पछाडी सवार  ४५ वर्षिय सिता देवी साह कानुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दिपककुमार रायले न्युज कारखाना लाई बताएका छन्। ठक्करबाट मृतक महिलाको श्रीमान मोटरसाइकल चालक लखीन्दर साह कानु घाईते भएको प्रहरीले जनाएको छ।

ट्याक्टरका चालक फरार भएपछि ट्याक्टर र साहु रामइश्वर साहलाई ईलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिईको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स