आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जीत
काठमाडौं । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत हासिल गरेको छ । बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेको हो ।
हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले जम्मा १२.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२, कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाएका छन् ।
हङकङका लागि एकमात्र विकेट सायन पुरीले लिएका हुन । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हङकङ अंकविहिन छ ।
यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो भने हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएर नेपालसँग भिडन आएको हो ।

सम्बन्धित समाचार
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

