लैनचौरस्थित शान्ति विद्या स्कुलमा अब २० वटा डिजिटल बोर्डबाट पढाइ हुने
काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ ले लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।
आज विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई सामान हस्तान्तरण गरेका हुन । प्रदान गरिएका बोर्डहरु ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो ।
बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हुन् । यसको सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरुले आफूलाई समय सापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे महानगरपालिकाले उपलब्ध गराउन सक्छ ।’
उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको बताउँदै प्रक्रिया टुङ्गिए पछि जडान हुनेसमेत बताए ।
वडाबाट गरिएको यो लगानी विद्या गृहलाई महानगरपालिकाभित्रकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि भएको तिवारीले जनाए ।
शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वअनुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानु पर्ने व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा राखेका छन ।
वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न महानगरपालिकाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको छ । यो विद्यालय २००४ सालमा स्थापना भएको हो ।
साथै, उमेर हदका कारण अनिवार्य अवकाशमा गएकी प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई स सम्मान विदाइ गरिएको छ । त्यसै अवसरमा विद्यालयका सहायक प्राचार्य विष्णुप्रसाद ढकाललाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


