अब बार्सिलोना फर्किन सम्भव नभएको मेसीको भनाई
काठमाडौँ । लियोनेल मेसीले अब आफु बार्सिलोना फर्किन सम्भव नभएको बताएका छन् । हालै दिएको एक अन्तर्वार्तामा मेसीले आफ्नो सम्भावित बार्सिलोनामा पुनरागमनमा पूर्णविराम लगाएका हुन् ।
हाल अमेरिकन लिगमा इन्टर मियामीबाट खेलिरहेका मेसीले आफु सधै बार्सिलोना फर्किन चाहेको भएपनि अब त्यो सम्भव नभएको बताएका हुन् ।
मेसीले भनेका छन्- ‘ अब यो पारिवारिक निर्णय बन्यो । हामीले विश्वकप जितेपछि पनि ठूलो प्रभाव पारेको थियो । म स्पष्ट थिए, म युरोपको अर्को टोलीमा हुन चाहन्न, म तिनीहरूमध्ये कुनैमा जान चाहन्नथें ।’ अन्तर्वार्तामा मेसीले आफुले फुटबलमा सबथोक हासिल गरेको बताएका छन्।
मेसीले बार्सिलोनाका युवा खेलाडी लामिन यमलको प्रसंशा गरेका छन् । मेसीले १७ बर्षको उमेरमै उनी युरोपको च्याम्पियन बनेको बताउदै यमल अहिलेनै विश्वको उत्कृष्ट खेलाडी मध्ये एक भएको बताएका छन् । मेसीले यमलको खेलाडीको रुपमा उनको विकास क्रमश: हुदै जाने बताए ।
मेसीले इन्टर मियामीमा अहिलेसम्म ४९ खेलमा ४२ गोल गरेका छन् भने क्लबलाई २०२४ मा सपोर्टर्स शिल्ड र २०२३ मा लिग्स कप जिताएका थिए ।
सम्बन्धित समाचार
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

