कियारालाई रिप्लेस गर्दै ‘डनः३’ रणवीरका लागि नयाँ हिरोइनको इन्ट्री
मुम्बई । अमिताभ बच्चन र शाहरुख खानपछि अब रणवीर सिंह ठूलो पर्दामा ‘डन’ को भूमिका निभाउन लागेका छन् ।
लामो समयदेखि ‘डन ३’ को बारेमा समाचारहरु आइरहेका छन् । गत वर्ष रणवीर सिंह र कियारा आडवाणीलाई एक भिडियो भिडियो साझा गरेर यो घोषणामार्फत परिचय गराईएको थियो । उनीहरूलाई ‘डन’ ब्रह्माण्डमा स्वागत गरिएको थियो। र, ‘डन ३’ मा कियारा आडवाणीलाई मुख्य अभिनेत्रीको रुपमा कास्ट गरिएको थियो । तर, गर्भावस्थाका कारण कियारा आडवाणीले अहिले फिल्मबाट टाढिनु परेको छ ।
उसो भए अब कियारो ठाउँमा कुन सुन्दरी फिल्ममा प्रवेश गर्नेछिन त ? यो एउटा ठूलो प्रश्न रहेको थियो । तर, अब यो मेगा बजेट एक्सन थ्रिलरमा कियारा आडवाणीलाई रिप्लेस गरिएर नयाँ अनुहार सामेल गराईएको ठूलो खबर आएको छ ।
पिंकभिल्लाको रिपोर्ट अनुसार अभिनेत्री कृति सेनन अब ‘डन ३’ मा प्रवेश गरिसकेकी छिन् । अर्थात अब फिल्ममा कियाराको स्थानमा कृति सेनन मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । कृति सेनन ‘डन ३’ मा रणवीर सिंहसँग काम गर्न राजी भएको बताइएको छ । खासमा ‘डन ३’ मा रणवीरका लागि अनुभवी अभिनेत्रीको खोजी भइरहेको थियो । नायिकाले छिट्टै ‘डन ३’ पनि साइन गर्ने बताइएको छ ।
वास्तवमा फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टको क्रिएटिभ टोली यस फिल्मका लागि अनुभवी अभिनेत्रीको खोजीमा थिए। यस्तो अवस्थामा राष्ट्रिय अवार्ड जितेकी कृति सेनन ‘डन ३’ मा एकदमै फिट थिइन् । अब उनी पर्दामा रोमाको पात्र निभाउन पूर्ण रूपमा सक्षम छिन् र यस्तो अवस्थामा उनी छिट्टै फिल्मको हिस्सा बन्दै छिन । कृति सेनन फिल्म साइन गर्न निकै उत्साहित रहेको समाचारमा जनाइएको छ ।
रिपोर्टका अनुसार यो फिल्मको अधिकांश सुटिङ युरोपमा हुनेछ । स्क्रिप्ट पनि तयार भइसकेको छ र केही महिना भित्रमा नै प्रि– प्रोडक्सनको काम सुरु हुनेछ। यो फिल्म यसै वर्षको अक्टोबर वा नोभेम्बरमा फ्लोरमा आउन सक्ने जनाइएको छ । तर, ‘डन ३’ अघि कृति सेननले आफ्नो यसअघि साइन गरेको फिल्म ‘तेरे इश्क में’ को सुटिङ पूरा गर्ने छिन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

