यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ १० पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । यसअघि मंगलबार अमेरिकी डलरको खरिददर १३५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ५१ पैसामा कारोेबारको थियो ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५६ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ९२ पैसा तोकिएको छ । यो भाउ अघिल्लो दिनको तुलनामा यसको भाउ ४७ पैसाले घटेको छ । यसअघि मंगलबार युरो एकको खरिदमूल्य १५६ रूपैयाँ ७० पैसा र बिक्रीमूल्य १५७ रूपैयाँ ३९ पैसामा कारोबार थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ७० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

