युवा संघ अध्यक्षमाथि शौचालयमै कर्मचारी बलात्कारको आरोप-अाजको पत्रिका बाट
युवा संघका जिल्ला अध्यक्ष वसन्त गुरुङमाथि शौचालयमै कर्मचारी बलात्कार गरेको आरोप लागेको छ । गुरुङविरुद्ध बिहीबार जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत गुरुङले कार्यालयमा यौन प्रस्ताव गरेको तर कर्मचारीले नमानेपछि शौचालयमा सँगै पसेर बलात्कार गरेको पीडितलाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका ६ चाइनिजधारा निवासी गुरुङले फागुन १८ गते आफ्नै कार्यालयका कर्मचारीलाई बलात्कार गरेको अभियोगमा बिहीबार मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
‘राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चलिरहेका बेला कार्यालयको चाँबी माग्ने निहुँमा बोलाएछन्’ डिएसपी थापाले भने ‘अनि कार्यालयभित्रै यौन सम्पर्कको प्रस्ताव गरेछन् ।’
उपरीक्षक थापाले भने, ‘युवतीले अस्वीकार गरेपछि शौचालय गएको मौका छोपी संगैभित्र पसेर बलात्कार गरेको भन्ने पीडितको प्रारम्भिक बयानमा आएको छ ।’
उनले यसअघि पनि उनलाई बारम्बार जबर्जस्ती यौनसम्बन्ध राख्ने गरेको बयानबाट खुलेको प्रहरीले बताएको छ । अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

