पर्सामा अपहरणपछि बन्धक बनाएर फिरौती माग्ने चार पक्राउ
पर्सा। अपहरणपछि बन्धक बनाएर फिरौती रकम मागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१२ का २३ वर्षीय रिकेशकुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका-३ का २४ वर्षीय सिकेन्द्र साह र अर्का नाबालक रहेका छन्।
बारा कलैया उपमहानगरपालिका-१८ का २६ वर्षीय सुधीरप्रसाद साहलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
साहलाई वैशाख १६ गते राति पौने १० बजे वीरगन्ज महानगरपालिका-१२ मुर्लीस्थित घरबाट सकुशल उद्धार गरिएको थियो।
अपहरणपछि ती चार जनालाई साहको परिवारसँग फिरौती मागिरहेका थिए। ‘फिरौती रकम मागिरहेको सूचना पाएपछि प्रहरीले अपहरित व्यक्तिलाई सकुशल उद्धार गर्न सकेको छ,’ मिश्रले भने।
पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

