भारतीय क्रिकेटर शिखर धवनले देखाए नयाँ गर्ल फ्रेन्ड, को हुन सोफिया ?
मुम्बई । टीम इन्डियाका पूर्व दिग्गज ओपनिङ ब्याट्सम्यान शिखर धवनको बारेमा कसलाई थाहा छैन र ? अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि पनि उनका फ्यानहरुको फ्यान फलोइङ लामो छ । तर, अहिले उनी क्रिकेटबाट टाढा भए पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहेका छन् ।
वास्तवमा २०२३ मा आयशा मुखर्जीसँग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिए । तर यस अवधिमा पनि धेरै व्यक्तिसँग उनको सम्बन्धको अफवाह बाहिर आएको थियो। तर यी समाचारहरु अफवाह मात्र बन्न पुगेका छन ।
किनभने अहिले भारतीय स्टार आफैले नयाँ सम्बन्धको बारेमा पुष्टि गरेका छन् । यी केटी अरु कोहि होइनन्, उनको प्रेमिका सोफी शाइन हो।
इन्स्टाग्राममा उनीसँगको आफ्नो तस्विर सेयर गर्दै धवनले यसको क्याप्शनमा लेखे, ‘मेरी ❤️’
शिखर धवन र सोफी शाइन सँगै आएको यो पहिलो पटक भने होइन । यसअघि पनि उनीहरु धेरै अवसरमा सँगै देखिएका थिए । तर, त्यो अवधिमा दुवैले आफ्नो सम्बन्धको पुष्टि गरेका थिएनन् ।
सोफी शाइन आयरल्याण्डमा जन्म भएको थियो। उनले लाइमरिक इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मार्केटिङ र म्यानेजमेन्टमा डिग्री हासिल गरेकी छिन्। हाल उनी अबुधाबीस्थित नर्दन ट्रस्ट कर्पोरेशनमा महत्वपूर्ण पदमा कार्यरत छिन् ।
अहिले धवन र सोफीको सम्बन्धले सबैलाई आकर्षित गरिरहेको छ । तर यी दुई व्यक्तिको पहिलो भेट कसरी भयो ? यो जानकारी अझै पाउन सकिएको छैन्। तर, यी दुवै जोडी निकै सुन्दर देखिएका छन् । सामाजिक सञ्जालमा अहिले यो जोडीको निकै तारिफ पनि भइरहेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

