अपरेशन सिन्दुरले गरायो बलिउड फिल्मले ‘सिन्दुर’को सम्झना, भएको थियो बक्स अफिसमा हिट
मुम्बई । भारतको अपरेसन सिन्दूर अहिले यतिखेर चर्चामा रहेको छ । पाकिस्तान माथी गरेको अपरेशन सिन्दुरमा परी पाकिस्तानको ३१ र भारतका १३ जनाको निधन भएको छ ।
तर, आज भने हामी हामी तपाईंलाई ३५ वर्ष पहिले बक्स अफिसमा हिट भएको १९८७ को फिल्म ‘सिन्दूर’ को सम्झना गराउने छौं।
यस ड्रामा फिल्ममा शशि कपुर, जया प्रदा, गोविन्द र नीलम कोठारीको महत्वपूर्ण भूमिका थियो भने जितेन्द्र र ऋषि कपूर विशेष भूमिकामा रहेका थिए ।
फिल्ममा कादर खान, शक्ति कपूर, गुलशन ग्रोवर, असरानी र अरुणा इरानीले पनि सहायक भूमिका खेलेका थिए। रविशंकरको निर्देशनमा बनेको यो पहिलो फिल्म पनि हो ।
सिन्दुरा १९८४ को तमिल फिल्म ‘उन्नै नान सन्धिथेन’ को रिमेक थियो, जसमा शिवकुमार, सुजाता, सुरेश र रेवतीले मुख्य भूमिका खेलेका थिए। डीएनएइंडिया डट कमको रिपोर्ट अनुसार, तमिल फिल्मको संगीत दिग्गज इलैयाराजाले दिएका थिए भने हिन्दी फिल्मको संगीत प्रसिद्ध जोडी लक्ष्मीकांत प्यारेलालले दिएका थिए।
‘सिन्दूर’ चलचित्र १४ अगस्त १९८७ मा सिनेमाघरहरूमा रिलिज भएको थियो। सप्ताहन्तमा अशोक कुमार, सुनील दत्त, धर्मेन्द्र, मिथुन चक्रवर्ती, श्रीदेवी, मौसमी चटर्जी स्टारर एक्शन थ्रिलर ‘वतन के राखवाले’ बक्स अफिसमा भिड्यो। बक्स अफिस भिडन्तका बावजुद दुबै चलचित्रहरू बक्स अफिसमा सफल भएका थिए र १९८७ मा सबैभन्दा धेरै कमाउने चलचित्रहरू मध्ये ‘सिन्दुर’ पनि एक बन्न सफल भयो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

