केई एक्सचेन्ज कार्निभल २०८२ : थपियो समय
काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि थापाथली, काठमाडौंमा सुरु गरेको “केई एक्सचेन्ज कार्निभल २०८२” को दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ । ग्राहककाे बढ्दो रुचिलाई ध्यानमा राखी कार्निभलकाे समय पनि बैशाख २९ गते सम्म बढाइएको छ ।
कार्निभलमा ग्राहकका लागि ई-क्युट ०२, ई-क्युट ०४ र एक्सथ्री प्रो ईभीलगायतका मोडलमा आकर्षक अफर राखिनुका साथै ई-क्युट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्सथ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मेसिन सित्तैमा प्राप्त गर्न सक्नेछन्।
केई शोरूम नजिक र हुन्डाई शोरूमको ठीक अगाडि आयोजित यो कर्निभलले ग्राहकहरूलाई स्मार्ट, किफायती र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्न अभूतपूर्व अफरहरू ल्याएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त कार्निभलले नेपाली ग्राहकहरूलाई सुविधाजनक, किफायती र उत्सवमय तरिकाले विद्युतीय सवारीको अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।
कार्निभलमा विशेष छुट पाइनुका साथै केईका प्राविधिक विशेषज्ञहरूबाट विद्युतीय सवारीका फाइदाहरूबारे विस्तृत जानकारी लिन र केईका विभिन्न मोडलहरूको टेस्ट ड्राइभ गरी आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्ने अवसर समेत प्रदान गरेको केई नेपालले बताएको छ ।
कार्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको उचित मूल्यांकन गरी सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध गराइनेछ। साथै, केईले कार्निभल अवधिभर विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।
केई नेपालको बारेमा:
चीनको सिचुआन प्रान्तको यिबिन शहरमा अवस्थित काइयी अटो, पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशियामा सञ्चालनमा रहेको आइस, हाइब्रिड र विद्युतीय सवारी साधन निर्माणमा विश्वव्यापी नाम हो। नेपालमा, केईलाई जी.ओ. अटोमोबाइल्स प्रा. लिमिटेड र लक्ष्मी ई-मोबिलिटी प्रा. लिमिटेडद्वारा वितरण गरिन्छ, जुन नेपाली सडकहरूमा विश्वस्तरीय नवीनता ल्याउन प्रतिबद्ध रहेको बताइएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

