ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक (आर्ट क्युरेटर) बुनु ढुङ्गानाले तयार गरेको ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा हुँदैछ । यो प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा १६ मे २०२५ (२०८२ जेठ २) सम्म आयोजना हुनेछ।
यो प्रदर्शनी, ब्रिटिस काउन्सिलको सहयोगमा लक्स तथा आर्ट साउथ एसिया प्रोजेक्टले आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया कार्यक्रम अन्तरगत आयोजना गरेका हुन्।
नेपालका कलाकार तथा कला व्यवसायीहरूका लागि अवसर सिर्जना गर्ने र बेलायतको कला क्षेत्रमा उनीहरूको सम्बन्ध स्थापित गराउने प्रतिबद्धतासँगै ब्रिटिस काउन्सिलले बुनु ढुङ्गानालाई ‘आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया’ कार्यक्रममा सहभागी हुन सहयोग गरेको थियो।
यो कार्यक्रम अन्तरगत भर्खर काम सुरु गरेकादेखि व्यवसायमा स्थापित हुने क्रममा रहेका भिजुअल आर्ट क्युरेटरहरूलाई सिद्धहस्त व्यवसायीहरूबाट मार्ग निर्देश (मेन्टरशिप), व्यावसायिक विकास, र सञ्जालको विकास (नेटवर्किङ) को अवसर प्रदान गरिएको थियो। बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायतमा गएर दक्षिण एसियाली अन्य क्युरेटरहरूसँग अनुसन्धान र नेटवर्किङ कार्यक्रममा सहभागी भएकी थिइन् । बुनुले बेलायत तथा नेपाली कलाकारहरूको चलायमान कलाकृतिहरू (मुभिङ इमेज) लाई समेट्ने प्रदर्शनी आयोजना गर्न सहयोग प्राप्त गरेकी थिइन् ।
‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मा समावेश चित्रकला, त्रि-आयाम स्थापना कलाकृति , कविता, छोटो कथा, चलचित्र, चिठ्ठी, र मञ्चनकलाका प्रस्तुतिहरूले चिन्तन, संवाद, र संयोजनको बहुपक्षीय स्थानको सिर्जना गरेका छन् । यो प्रदर्शनीमा आफ्ना सिर्जना मार्फत अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोवले आफ्ना भावनात्मक तथा सांस्कृतिक आयामहरूको सञ्चार, अनुभूति, र संवाद कसरी गरिन्छ भन्ने प्रतिबिम्बित गरेका छन्। प्रदर्शनीसँगै कलाकारसँगको संवाद, प्रस्तुतिहरू, व्याख्यानहरू, कार्यशाला, मञ्चन र चलचित्र प्रदर्शनहरूको आयोजना गरिएको छ ।
ब्रिटिस काउन्सिलका बारेमा
ब्रिटिस काउन्सिल बेलायतको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर प्रवर्द्धन गर्ने संस्था हो। बेलायत र विश्वभरका मानिसहरूबिच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिमा सहयोग पुर्याएको बताइएको छ।यी काम ब्रिटिस काउन्सिल कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषामार्फत गर्छ। ब्रिटिस काउन्सिल विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूमा काम गर्नुका साथै १०० भन्दा बढी देशहरूमा ब्रिटिस काउन्सिल भौतिक उपस्थिति रहेको जनाइएको छ। सन् २०२२–२३ मा हामीले ६० करोड मानिसहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पुर्याएको बताइएको छ।
सम्बन्धित समाचार
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

