नयाँ शक्तिमा समुहगत छलफल आज सकिदै
नयाँ शक्ति नेपालले १५१ जनाको मात्र केन्द्रीय समिति बनाउने भएको छ। पार्टीले बनाएको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बने पनि अहिलेको भेलामा ९९ जना मात्र केद्रीय सदस्य रहनेछन् र सदस्यको संख्या विस्तारै बढाएर १५१ पुर्याइने भएको छ।
पार्टी बहुपदीय बन्ने विधानमा उल्लेख भए पनि अहिलेका लागि पार्टी नेता बाबुराम भट्टराई संयोजक रहनेछन् भने अन्य केन्द्रीय सदस्य मात्र हुनेछन्। १२ समुहमा भइरहेका छलफलमा अधिकांस सदस्यले त्यही माग गरेका छन् । तीनवटा प्रतिवेदनमा समुहगत छलफल भइरहेको छ ।
नयाँ शक्तिमा प्रत्यक्ष निर्वाचनमा लड्का लागि कम्तिमा विए पास हुनुपर्ने माग उठेको छ । संयोजक डा बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन माथि छलफल गर्दै प्रतिनीधिहरुले प्रत्यक्ष निर्वाचनमा चुनाव लड्का लाथि विए पास हुनुपर्ने प्रस्ताव गरेका छन् ।
बाबुराम भट्टराईको राजनीतिक, देवेन्द्र पौडेलको संगठनात्मक र रामेश्वर खनालको आर्थिक विकास सम्बन्धि प्रतिवेदनमा छलफल भइरहेको छ । आज समुहगत छलफल सकिएपछि भट्टराईले जवाफ दिने कार्यक्रम छ । नयाँ शक्तिले पहिलो अधिवेसनबाट पार्टीको दिर्घकालीन र अल्पकालीन नीति तय गर्नेछ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

