हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसबर्षको नै उच्च
हङकङ । कोरोनाका कारण विश्वभर आतंक मच्चाएपछि अब फेरि नयाँ कोरोनाले प्रवेश गरेको छ ।
एसियाको हङकङ र सिङ्गापुरमा कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । सघन जनसंख्या भएको हङकङ र सिङ्गापुरका स्वास्थ्य अधिकारीहरूले एसियामा कोभिड–१९ को लहरको पुनरुत्थानका कारण कोभिड–१९ का केसहरू तीव्र गतिमा बढिरहेको चेतावनी दिएका छन्।
हङकङमा भाइरसको प्रकोप निकै उच्च रहेको सहरको स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाका प्रमुख अल्बर्ट एउले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार कोभिड–१९ को पोजिटिभ केसको प्रतिशत एक वर्षकै अहिले उच्च पुगेको बताए । केन्द्रको तथ्याङ्कले मे १३ सम्मको हप्तामा ३१ गम्भीर घटनाहरू रिपोर्ट गरिएको देखाएको छ, जुन गत वर्षकै उच्च हो।
तथ्याङ्कले मृत्युसहित गम्भीर केसहरूमा चिन्ताजनक वृद्धि देखाएको छ । जुन लगभग एक वर्षमा चरम बिन्दुमा पुगेको छ। तर, संक्रमणको यो संख्या पछिल्लो दुई वर्षमा देखिएको संक्रमणको चरमसँग भने मेल खाँदैन। यो भाइरस सम्बन्धी रोगका कारण ७० लाखभन्दा बढी मानिस अस्पतालमा भर्ना भएका थिए ।
तर, नयाँ बिकसित कोरोना–१९ का कारण सिंगापुर अहिले उच्च सतर्कतामा छ। स्वास्थ्य मन्त्रालयले यस महिना लगभग एक वर्षमा संक्रमण संख्यामा पहिलो अपडेट जारी गरेको हो । गत मे १३ सम्मको हप्तामा केसहरूको अनुमानित संख्या अघिल्लो सात दिनको तुलनामा २८ प्रतिशतले बढेर १४ हजार २०० पुगेको छ।
सम्बन्धित समाचार
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

