४९ प्रतिशतले नेपाल टेलिकमको नाफा घट्यो
काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा दुवैमा गिरावट आएको छ । सोमबार प्रकाशित आर्थिक वर्ष २०८१ र ८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले घटेको छ ।
टेलिकमले यस आवको तेस्रो त्रैमाससम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल आय करिब ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीको कुल सञ्चालन आय ३१ अर्ब २३ करोड २३ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
अन्तरिम वित्तीय विवरण अनुसार कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा ०.६५ प्रतिशत कम हो । प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी पनि गत वर्षको ४१.०२ बाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ ।
कम्पनीले नाफा घट्नुको कारण तीव्र बजार प्रतिस्पर्धा, ग्राहकको बदलिँदो व्यवहार, सस्तो प्याकेजको माग र ओटीटी एपहरूको बढ्दो प्रयोगलाई मानेको छ । यस्तै, अन्तर्राष्ट्रिय र स्वदेशी भ्वाइस सेवाको आम्दानीमा कमी, प्राविधिक उपकरणको अभाव र नियामक नीतिका परिवर्तनले पनि वित्तीय प्रदर्शनमा असर पारेको कम्पनीको भनाइ छ ।
नेपाल टेलिकमको कुल सम्पत्ति हाल एक खर्ब २१ अर्ब ९० करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको सम्पत्ति एक खर्ब ३३ अर्ब ६९ करोड ५४ लाख ६८ हजार रहेको थियो । यो बिचमा करिब ८.८० प्रतिशतले सम्पत्ति घटेको देखिन्छ । यस्तै, खुद सम्पत्ति प्रति शेयर ५०३.९३ रहेको छ भने कुल सम्पत्ति प्रति शेयर ६७६.३६ रहेको छ ।
कम्पनीको शेयर मूल्यमा भने स्थिरता देखिएको छ । तेस्रो त्रैमासमा अधिकतम शेयर मूल्य ९९६.३०, न्यूनतम ८७४ र अन्तिम मूल्य ८९९.८४ रहेको छ । यस्तै कर्मचारी खर्चदेखि सञ्चालन र मर्मत खर्च र नियामक शुल्कसम्ममा कटौती भएको प्रतिवेदनले देखाएको छ ।
नेपाल टेलिकमले प्रतिस्पर्धालाई सामना गर्न फोरजीरएलटीई र एफटीटीएच सेवाको विस्तार, भ्यालु एडेड सर्भिसहरूको विकास र ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्रता दिएको जनाएको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

