पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो ।
फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए ।
हाकिमीले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजी दोब्बर गोलसहित अगाडी बढयो ।
उता, डुवेले दोस्रो हाफको ६३ औं मिनेटमा अर्को गोल थपिदिए भने त्यसको १० मिनेट पछि नै क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई ४–० को फराकिलो बनाउन सफल भए ।
उता, खेल सकिनु केही समय अघि मैदानमा छिरेको ३ मिनेटमा नै मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरेर पहिलो पटक पिएसजी च्याम्पियन बन्न सफल भएको हो ।
पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडे पछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हो ।
यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो। त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएर दोस्रो स्थानमा चित्त बुझाउन विवश भएको थियो ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

