Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

एनएमबि बैंक र हिल्टन काठमाडौंबीच विशेष छुट सम्बन्धी सम्झौता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, १९
एनएमबि बैंक र हिल्टन काठमाडौंबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता अनुसार, एनएमबि बैंकका ग्राहकहरूले हिल्टन काठमाडौंमा डेबिट, क्रेडिट र प्लाटिनम क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नेछन्।

बैंकले यस सहकार्यबाट ग्राहकहरू नगद कारोबारको सट्टा डिजिटल कारोबारतर्फ उन्मुख हुने विश्वास लिएको छ। साथै, ग्राहकहरूलाई डिजिटल माध्यमबाट सुरक्षित र सहज भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यस्ता योजनाहरू ल्याउँदै आएको बैंकले जनाएको छ।

डिजिटल कारोबारमा पाइने छुटको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ वटा विस्तारित काउन्टरमार्फत आफ्ना सेवाहरू प्रदान गर्दै आएको छ।

 

Top Changing Nepal

युट्युब सट्स