Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २०
प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ६ रुपैयाँ कायम भएको छ।

Top Changing Nepal

युट्युब सट्स