चर्चित डाक्टर नै नक्कली ! अाजको पत्रिका
प्रहरीले शुक्रबार तराईका विभिन्न जिल्लाबाट दर्जनभन्दा धेरै नक्कली चिकित्सक पक्राउ गरेको छ जसमा नाम चललेका अस्पतालमा कार्उरत डाक्टरहरु नै नक्कली भएको रहस्य खुलेको छ ।
शुक्रबार बिराटनगरका तीनजाना चर्चित चिकित्सक पक्राउ परेपछि यो रहस्य खुलेको नयाँ पत्रिका दैनिकमा खवर छ । सिआबी टोलीले बिराटनगरको लाइफगार्ड अस्पतालबाट फिजिसियन डा जावेद अख्तर, कोसी अञ्चल अस्पतालका पूर्व वरिष्ठ बालरोग विशेषज्ञ डां सञ्जयकुमार दास र निजी क्लिनिक सञ्चालन गर्दै आएका डा. अमिर कलामलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेशन चलाएर दुई दर्जनबढी नक्कली चिकित्सक पक्राउ गरेको हो । भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमवीवीएस अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

