मस्कले डेमोक्रयाटिकलाई समर्थन गरे गम्भिर परिणाम भोग्नुपर्छः ट्रम्प
वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलोन मस्कबीचको शब्दयुद्ध चर्किएको छ । शनिबार मस्कले नरम ब्यावहार देखाए पनि म्पले मस्कलाई गम्भीर परिणाम भोग्ने चेतावनी दिएका छन् ।
वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मस्कसँगको टकरावमा पछि हटेको देखिँदैन। उनले शनिबार मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा नरहेको स्पष्ट पारेका छन् । यति मात्र होइन, ट्रम्पले मस्कले आगामी चुनावमा डेमोक्र्याटलाई सहयोग गर्ने प्रयास गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइरहेका छन् ।
हालै ट्रम्पले एनबीसीका क्रिस्टन वेल्करसँगको फोन अन्तर्वार्तामा मस्कसँगको सम्बन्ध सुधार्ने आफ्नो कुनै मनसाय नभएको बताए । जब उनले टेस्ला र स्पेस एक्सका सीईओसँगको आफ्नो सम्बन्ध समाप्त भएको महसुस गरेको हो भनेर विशेष रूपमा सोध्दा ट्रम्पले जवाफ दिए, ‘हो, मलाई त्यस्तै लाग्छ।’
अमेरिकी राष्ट्रपतिले भने, ‘म अन्य काममा निकै व्यस्त छु । तपाईलाई थाहा छ, मैले ठूलो बहुमतले चुनाव जितेको छु। मैले उनीहरूलाई धेरै मौका दिएँ, यो हुनुभन्दा धेरै अघि मैले मेरो पहिलो प्रशासनमा उनीहरूलाई मौका दिएँ। मेरो पहिलो प्रशासनमा उनको जीवनमा धेरै उपलब्धी भयो तर मेरो उनीसँग कुरा गर्ने अब कुनै मनसाय छैन्।’
मस्कले सन् २०२६ को मध्यावधि चुनावमा डेमोक्र्याटिक सांसद र उम्मेदवारहरूलाई समर्थन गर्न सक्ने छलफलको बीचमा ट्रम्पले चेतावनी पनि दिएका थिए। ट्रम्पले एनबीसीलाई भने, ‘यदि उनले यस्तो गरे भने उनले गम्भीर परिणाम भोग्नुपर्नेछ।’
खासमा टेस्लाका सीईओ मस्कले राष्ट्रपति ट्रम्पको बिग ब्यूटीफुल बिलमा बोलेपछि यी दुईबीच विवाद चलिरहेको छ । मस्कले ट्रम्प विधेयकको आलोचना गरेका थिए र यसले संघीय घाटा बढाउने डर व्यक्त गरेका थिए। यसबाहेक मस्कले ट्रम्प प्रशासनमा सल्लाहकारको पद पनि छोडेका थिए।
यसपछि ट्रम्पले मस्कलाई निशाना बनाएका थिए । उनले भनेका थिए कि, ‘विश्वकै धनी व्यक्ति मस्क अझै पनि ह्वाइट हाउसको सम्झनाले सताइरहेको छ।’
यसबारे मस्कले जवाफ दिँदै भने, ‘मैले ट्रम्पलाई समर्थन नगरेको भए चुनाव हार्ने थिएँ, त म थिएँ र उनले जीत हासिल गरे ।’ अमेरिकी चुनावका बेला मस्कले ट्रम्पलाई खुलेर नै समर्थन गरेका थिए, जसबाट ट्रम्पलाई निकै फाइदा भएको थियो।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

