बंगलादेशमा रबिन्द्रनाथ टैंगोरको निवासमा तोडफोड
ढाका । कट्टरपन्थीहरूको भीडले बंगलादेशको सिराजगञ्जमा रहेको महान कबि रवीन्द्रनाथ टैगोरको पुर्ख्यौली निवासमा आक्रमण गरेका छन ।
कचहरी घर भनेर चिनिने कबि टैगोरको पुर्ख्यौंली घरमा भारी तोडफोड गरिएको हो, जो अहिले संग्रालयको रूपमा राखिएको छ ।
जमात ए इस्लामी र हिफाजत ए इस्लामका कट्टरपन्थीहरूको भीडले ट्यागोरविरुद्ध नारासमेत लगाएको बंगलादेशका स्थानिय मिडियाहरूले जनाएका छन् । सो खबर पाएलगत्तै शहजादपुर थानाको प्रहरी घटनास्थलमा पुगे पनि अभियुक्तमाथि कुनै कारबाही नभएको जनाइएको छ।
यस विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरी चौकी इन्चार्ज अस्लम अलीले बताए ।एफआइआर अहिलेसम्म दर्ता भने भएको छैन। लामो कोलाहलपछि प्रहरी फर्किए पनि साँझसम्म कट्टरपन्थीहरू घटनास्थलमा जम्मा रहिरहेका थिए ।
राजधानी ढाकाबाट करिब १२५ किलोमिटरको दुरीमा रहेको गुरुदेव टैगोर पैतृक गृहलाई संग्रहालयको दर्जा दिइएको छ । गुरुदेव रवीन्द्रनाथ टैगोरका मामा द्वारकानाथ टैगोरले १८४० मा यो दरबार घर बनाएका थिए।
स्रोतका अनुसार कट्टरपन्थीहरूले मंगलबार संग्रहालयका निर्देशक सिराजुल इस्लामले एक व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । जबकि इस्लामले यस्तो कुनै पनि घटनालाई अस्वीकार गरेका छन।
स्थानिय प्रहरीले अनुसन्धानका क्रममा पनि संग्रहालयमा कोही बन्धक भेटिएको थिएन । तर, केही बेरमै उत्तेजित कट्टरपन्थीहरुको भीड घटनास्थलमा जम्मा भएका थिए कट्टरपन्थीले दुई–तीन दिनदेखि सो संग्रालय भवनमा तोडफोड गर्ने षड्यन्त्र रचेको बताइएको छ ।
त्यसैले, घटनास्थलमा भीड जम्मा भयो । म्युजियम नजिकै पसल चलाउने एक पसलले नाम न छाप्ने सर्तमा कट्टरपन्थीहरुले आक्रमणको योजना बनाएको बताए ।
आक्रमणकारीमा स्थानीय बासिन्दाहरू भने समावेश थिएनन्। यो ट्यागोरको संग्रहालय भएकोले यहाँ ठूलो संख्यामा पर्यटक आउने गर्दछन्। यसले नजिकका पसलवालाहरूलाई राम्रो आम्दानी दिने गरेको छ । सो आक्रमण अघि कट्टरपन्थीले यहाँ र्याली पनि निकालेका थिए ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

