रौतहटमा लुटपाट गर्ने गिरोहका दुईजना पक्राउ
सञ्जय मिश्रा
रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।
अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार राती अढाई बजे यमुनामाई गाउँपालिका १ देउरैया नजिकमा लुटपाट गर्ने उद्देश्यले लुकीछिपी बसेका ८११० जना अपरिचित व्यक्तिहरु बसेका थिए।
उनीहरूले मध्ये प्रदेश ०२–०४–०००१ प ०००१ नम्बरको मोटरसाइकल चलाई आइरहेको दुर्गाभगवती ३ मसुरिया बस्ने बर्ष २५ को कृष्णमणी झालाई रोकि लुटपाट गर्न खोजेको जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त भएको थियो।
तत्काल नै जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट गएको प्रहरी टोलीले लुटपाट गर्ने गिरोहमा संलग्न दुवैजना अभियुक्त लाई पक्राउ गरेको थियो।
गिरोहका फरार रहेका व्यक्तिहरुको खोजतलास कार्य भइरहेको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रेस नोटमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

