एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’: सहरी मोबिलिटीको भविष्य केन्द्रित एक स्मार्ट र स्टाइलिश फेसलिफ्ट
काठमाडौं । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको बताइएको छ।
एमजीको बिको (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस रहेको कम्पनीले जनाएको छ ।
५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ।
अपग्रेड गरिएका फिचरहरू
– रियर पार्किङ क्यामेरा
– सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि
– फास्ट चार्जिङ (७ किलोवाट)
– ३.५ घण्टामै ०% बाट १००% चार्ज हुने— छिटो, सहज र प्रभावकारी
– पावर फोल्डेबल साइड मिरर
– स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन
सक्षम, भरपर्दो र यात्राको लागि तयार
कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ (ARAI) प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। आइपी ६७ (IP67) रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको बताइएको छ।
उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन
कमेट इभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट की. को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।
सुरक्षामा कुनै सम्झौता छैन
एमजी कमेट इभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्, जस्तै:
– डुअल फ्रन्ट एअरब्याग
– एबिएस र इबिडी
– अगाडिको र पछाडिको ३-पोइन्ट सिटबेल्ट
– रियर पार्किङ क्यामेरा र सेन्सर
– टिपीएमएस (टायर प्रेशर मनिटरिङ सिस्टम – इनडाइरेक्ट)
– ईसोफिक्स चाइल्ड सिट एन्कर
गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ।
वारेन्टी र सेवा
– इभी ब्याट्रीमा ८ वर्ष / १,२०,००० किमीको वारेन्टी
– हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष / १,००,००० किमी वारेन्टी
नेपालभर इभी पूर्वाधारको विस्तार गर्दै
एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, बिराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध रहेको बताइएको छ। चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, बिराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा रहेको जनाइएको छ ।
हरित भविष्यका निम्ति स्मार्ट विकल्प
एमजी कमेट इभी स्मार्ट साइज, आधुनिक फिचर, सुरक्षामा प्रतिबद्धता र भरपर्दो सेवा सुविधासँगै नेपालको दिगो शहरी यातायातको भविष्यसँग पूर्ण रूपमा मेल खानुका साथै यो केवल गाडी मात्र नभई स्वच्छ, प्रभावकारी र स्मार्ट मोबिलिटीतर्फको एक साहसी कदम रहेको कम्पनीको दाबी छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

