दश महिनामा वाणिज्य बैंकहरूको ४७ अर्ब ७९ करोड माथि, कुन बैंकको नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाका अवधिमा वाणिज्य बैंकहरुको नाफा ४७ अर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्रि बैंकको तथ्यांक अनुसार साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
बैंकहरुले कमाएको उक्त नाफा गत आवको सोही वअधिको तुलनामा १.६७ प्रतिशतले कम हो । गत आवको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए । यो अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये ११ वटाको नाफा बढेको छ भने ९ वटाको नाफामा गिरावट आएको छ । समीक्षा अवधिमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबी, लक्ष्मी सनराइज, सिद्धार्थ, माछापुच्छ्रे बैंक र सानिमा बैंकको नाफा बढेको छ ।
यो अवधिमा स्टाण्र्डर्ड चार्टर्ड, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउने बैंकको शीर्ष स्थानमा नबिल बैंक रहेको छ ।
नबिल बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा २।५९ प्रतिशतले बढी हो । त्यस्तै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकको नाफा २९.८९ प्रतिशतले वृद्धि भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहँदै ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३।१४ प्रतिशतले बढी हो ।
नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ४५७.१२ प्रतिशतको उच्च वृद्धिदर हासिल गरेको छ । एभरेष्ट बैंकको नाफा ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुगेको छ भने एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम बैंकको नाफा भने २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.८५ प्रतिशतले कम हो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


