हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
मुम्बई । जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो । सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो ।
सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप रूपमा, ऐतिहासिक फिल्मले ऐश्वर्याले लगाएको रोयल डिजाइन गरिएको पोशाकले दर्शकहरूलाई आकर्षित गर्यो। रेशमी साडीदेखि लिएर शुद्ध लेहेङ्गा र गहना आकर्षणको केन्द्रको रूपमा रहेको थियो ।
तर, विशेष कुरा यो थियो कि पूर्व मिस वर्ल्डले सो फिल्मका लागि १०० केजी ज्वेलरी लगाएकी थिइन्, जो उनको तौल भन्दा धेरै नै हो । मोती र धातुबाट बनेको यो गहना ७० कालिगढको सहयोगमा बनाइएको थियो भने अर्कोतर्फ गहनाको सुरक्षाका लागि ५० जना सुरक्षा गार्डसमेत खटाइएको थियो किनकी यी सबै सक्कली थिए ।
ती गहनाकाे डिजाइन र मेकिङमा यति धेरै मेहनत गरिएको थियो, नाककाे फुलीमा पनि निकै ध्यान दिइएको थियो । ऐश्वर्या राई फिल्मको हरेक फ्रेममा ईथरियस देखिएकी थिइन् । नायिकाले पोल्कीको हार, माङ टिकादेखि हातफुल र सिसाका चुरासम्म सबै प्रकारका गहना लगाएकी थिइन् ।
ऐश्वर्यालाई जोधाको लुकका लागि डिजाइनर नीता लुल्लाले तयार पारेकी थिइन् । त्यसपछि अभिनेत्रीले डिजाइनरसँग आफूले लगाएको विवाहको पोशाकबारे चर्चा गरेकी छिन् । उनी फिल्मको भव्य पहिरनबाट टाढा जान चाहन्थिन् र उनलाई सांस्कृतिक लुक दिनका लागि बिलासी रेशम कान्जीवराम साडी लगाउन चाहन्थिन।
आशुतोष गोवारीकर निर्देशित जोधा अकबर सो वर्षको तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको थियो । खासमा ४५ करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०७ करोड कमाएको थियो । फिल्मले व्यापक लोकप्रियता पाएको थियो र दुई पुरस्कार पनि जित्यो। अहिले ऐश्वर्याले लगाएको सो लेहेंगा ओस्कार म्युजियममा समेत राखिएको छ, जहाँ हजारौं दर्शकले दैनिक रूपमा हेरिरहेका छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

