सिराहामा मोटरसाइकल र साइकल बीच ठक्कर, तीन जनाको मृत्यु
जानकारी केन्द्र
२०८२, असार, ८
सिराहा । सिरहा नगरपालिका १८ स्थित सडकमा शुक्रवार दिउँसो भएको मोटरसाइकल र साइकल ठक्कर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सन्हैठाबाट सिराहातर्फ आउँदै गरेको प्र २-०१-००३ प ३२२० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना र साइकलयात्री १ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका १२ बस्ने २९ वर्षीय नरेश कुमार मुखिया, मोटरसाइकलमा सवार सुखीपुर नगरपालिका ८ घर भएका कल्याणपुर नगरपालिका २ चतरी बस्ने २८ वर्षीय प्रदिप मुखिया र साइकलयात्री सिरहा नगरपालिका २ का ६५ वर्षीय कुशेश्वर राय उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएका छन् ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ भने सडक दुर्घटना न्यूनीकरणका लागि यातायात नियम पालना गर्न सबैलाई सचेत गराएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

