सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ। स्याङ गाउँमा आयोजित कार्यक्रममा बैंकको जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेका हुन्।
कार्यक्रममा शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले हरेक वर्ष विभिन्न संघसंथा र विद्यालयमा स्वास्थ्य तथा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य केन्द्रकी अनमी परियारले दम, निमोनियालगायतका श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा अक्सिजन कन्सेन्ट्रेटर प्रभावकारी हुने बताइन्। अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेकोमा उनले बैंकप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्। सांग्रिला डभेलपमेन्ट बैंकले देशभर १०९ शाखा र ३० एटीएममार्फत सेवा दिँदै आएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

