Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

गर्मी र वर्षासँगै सरुवा रोग फैलिन थाले

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ११
गर्मी र वर्षासँगै सरुवा रोग फैलिन थाले

काठमाडौं । गर्मी र वर्षासँगै मुलुकभर सरुवा रोगको सङ्क्रमण बढ्न थालेको छ। विशेषगरी भाइरल ज्वरो, झाडापखाला, टाइफाइड र हैजाका बिरामीहरु बढ्दै गएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र आकस्मिक कक्षमा दैनिक औसतमा सात जना सरुवा रोगका बिरामी पुग्ने गरेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाण्डौ उपत्यका र बाहिरी जिल्लामा झाडापखालाका बिरामी सर्वाधिक देखिएका छन्। हालसम्म काठमाडौंमा १९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना झाडापखालाका बिरामी फेला परेका छन्। त्यस्तै हैजाका लक्षण देखिएकाहरू भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना रहेका छन्।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार गर्मी, बर्खा र अस्वच्छ खानपानले सरुवा रोग फैलिएको हो। व्यक्तिगत सरसफाइ र खानेकुरामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। सुमेरु अस्पतालका जनरल फिजिसियन डा. सरोज थापाले बासी खानेकुरा नखान, भीडभाडमा नजान, उमालेको पानी पिउन र स्वास्थ्य समस्या देखिएमा तुरुन्त अस्पताल जान सुझाव दिएका छन्।

बर्खायाममा पानीजन्य रोगको जोखिम उच्च हुने भएकाले स्थानीय पालिकाहरूले पनि आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स